Online Bichar
शनिबार, आश्विन १०, २०८३ | Saturday, September 26, 2026

काठमाडौं, ९ असोज २०८३ । आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १४औँ स्थानमा उक्लिएको हो । यसअघि टोली १६औँ स्थानमा थियो ।

एसियाली खेलकुदमा अफगानिस्तानविरुद्ध जित निकालेसँगै नेपालको वरीयता सुधार भएको हो । नेपालले १८१ रेटिङसहित सात हजार ९६८ अंक प्राप्त गरेको छ ।

नेपालसँग पराजित अफगानिस्तान भने एक स्थान खस्किँदै १०औँ स्थानमा पुगेको छ । भारत वरीयताको शीर्षस्थानमा कायम छ ।

तपाईको प्रतिक्रिया