Online Bichar
शनिबार, आश्विन १०, २०८३ | Saturday, September 26, 2026

काठमाडौं, ९ असोज २०८३ । वर्षासँगै कास्कीको मार्दी खोलामा बाढी आएको छ । शुक्रबार (असोज ९) दिउँसो लाहाचोक जलमापन केन्द्रमा मार्दी खोला सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तल्लो तटीय क्षेत्र र खोला आसपासका स्थानीयलाई शनिबार (असोज १०) बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“असोज ०९, दिउँसो ०३ः३६ बजे । मार्दीखोला लाहाचोक कास्कीमा रहेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूले बिहानसम्मै उच्च सतर्क रहनुहोला,” महाशाखाले भनेको छ ।

तपाईको प्रतिक्रिया