Online Bichar
शुक्रबार, आश्विन ०२, २०८३ | Friday, September 18, 2026

काठमाडौं, २ असोज २०८३ । सरकारले १३ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस लगायतका निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले सहसचिव रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू :

१. देहायका व्यक्तिहरूलाई तपसिलबमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिको लागि सिफारिस गर्ने र संसदीय सुनुवाइको लागि संघीय संसदसमक्ष लेखी पठाउने ।

डा.निश्चलनाथ पाण्डे गणतन्त्र-भारत
डा. कल्याणराज शर्मा-जनवादी गणतन्त्र चीन
चिरनजंग थापा-संयुक्त राज्य अमेरिका
गौरव शमशेर जंगबहादुर राणा-संयुक्त अधिराज्य बेलायत
सरू जोशी-संघीय गणतन्त्र जर्मनी
सुरेशकुमार कर्ण-इजरायल
प्राप्ति शेरचन-स्पेन
जिज्ञान कुमार थापा-जापान
डा. पदमाक्षी राणा-ओमान
चूडामणि खरेल- मलेसिया
प्रा. डा. संगम श्रेष्ठ-गणतन्त्र कोरिया
डा. मञ्चला झा-श्रीलंका
गिरीबहादुर सुनार- साउदी अरेबिया
२. नेपाल नागरिकता (पाँचौ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने ।

३. साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संसोधन गर्ने ।

४. नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा श्री दीर्घायु कुमार श्रेष्ठ, काठमाडौंलाई नियुक्ति गर्ने ।

५. सहसचिव श्री रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

 

तपाईको प्रतिक्रिया