Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

विराटनगर, २९ फागुन । पत्रकार बिनोद भण्डारी महिला साफ च्याम्पीयनसिपको उद्घाटनको रिपोर्टिङ गर्न बिराटगरको सहिद रंगशालामा गए । स्वभाविक सार्क स्तरिय महिला साफ च्याम्पीयनसिप भएकाले पनि त्यो सबैको चासोको बिषय थियो । भण्डारी आफ्नो मोटरसाईकल पार्किङको खोजीमा थिए । सहिद रंगशालाको पस्चिमपट्टी रहेको आदर्श माभ्यामिक बिद्यालयमा पार्किङको ब्यवस्थापन गरिएको रहेछ । अदर्श माध्यामिक बिद्यालयको मुख्य गेटमा पार्किङ बोर्ड राखिएको थियो । भण्डारीले पनि आफ्नाे माेटरसाईकल भित्रै लगेर राखे । उनले पार्किङमा राखेको पार्किङ शुल्क ४० रुपैयाँ तिर्नु प¥यो । समाचार संकलन त्यो पनि सार्क स्तरिय कार्यक्रमको रिपोर्टिङमा गएका पत्रकारले नै ४० रुपैयाँ तिर्नु परेपछि उनीमात्र हैन धेरैजना छक्क परे । भने, ‘हैन आयोजकले गर्न खोजेको चै के हो ?’

नेपाल सरकार, नेपाल फुटवल संघ एन्फा, प्रदेश १ सरकार, राष्ट्रिय खेलकुद परिषद, विराटनगर महानगरपालिका लगायतका सबै शक्ति अहिले बिराटनगरमा छ । लगानी पनि त्यही अनुपातमा गरिएको छ । तर पार्किङको नाममा रकम अशुल्ने काम प्रतियोगिताको पहिलो दिनको खेलबाट शुरु भएको छ । पार्किङकै ४० रुपैयाँ लिएपछि अब फुटवल हेर्न मात्र हैन रिपोर्टिङ गर्न जाने स्थानीय पत्रकारहरु पार्किङ कसरी गर्ने भन्ने अन्यौलमा छन् ।
पार्किङको नाममा मनपरी रकम असुली भएको भन्दै सामाजिक सञ्जालमा आलोचना शुरु भएको छ ।

कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडाले आफ्नो फेसबुक पेजमा नै रसिदको अर्धकट्टी सार्बजनिक गर्दै लेखेका छन्, ‘अठनिका मुर्गी बाह्र आनाका मसला, खेल हेरेको टिकट दुई सय रुपैया, पार्किङ साइकलकै तीस रुपैया ।’
मोटरसाईकलको ४०, साईकलको ३०, कारको १००, टेम्पोको ७० र सिटी रिक्साको ५० रुपैँयाँ लिएको छ । पार्किङको नाममा मनपरी रकम असुल भएको भन्दै खेल हेर्न जाने दर्शक मात्र हैन त्यहाँ खेलको रिपोर्टिङ गर्न जाने पत्रकारले पनि असन्तुष्टि ब्यक्त गरेका छन् ।

पार्किङ बोर्ड बिराटगोल्डकपको

पार्किङको नाममा मनपरी रकम असुली भएको भन्दै असन्तुष्टि ब्यक्त भई रहँदा पार्किङ लेखिएको बोर्डमा समेत त्रुटी देखिएको छ । अन्तराष्ट्रिय प्रतियोगिताको पार्किङ बोर्डमा बिराट गोल्डकप पार्किङ स्लथल भनेर लेखिएको छ । यस बारेमा आयाजक नेपाल फुटवल संघ एन्फाले कुनै प्रतिक्रिया जनाएको छैन ।

तपाईको प्रतिक्रिया