Online Bichar
सोमबार, भाद्र २२, २०८३ | Monday, September 7, 2026

जेबि खड्का 

गौरादह, २१ भदौ २०८३ । गौरादहमा संचालन भइरहेको महिला फुटबल प्रतियोगिताको आईतवार सम्पन्न खेलमा काकडभिट्टा महिला फुटबल क्लब विजयी भएको छ। काकडभिट्टा महिला फुटबल क्लबले ओएसिस क्लब ईलामलाई  ४-१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

खेलको पहिलो हाफको ५ औं मिनेटमा आत्माघाती गोल भएपछी ओएसिस  क्लब ईलाम १ गोलले पछि परेको थियो। काकडभिट्टा फुटबल क्लबका खेलाडी नयना राईले १५ औं मिनेटमा गोल गरेपछि टिमलाई २ गोलको  अग्रता बनाएकी थिइन। खेलको २४ औं  मिनेटमा ईलाम महिला फुटबल क्लब कि खेलाडी आयुसा राईले १ गोल फर्काएकी थिइन। खेलको १८ मिनेटमा काकडभिट्टाकि सरस्वती राजवंशीले गोल गर्दै ३-१ गोल अन्तर बनाएकी थिईन। पहिलो हाफको ३४ औं मिनेटमा तनुसी रोयाले गोल गर्दै खेललाई ४-१ को गोल अन्तर बनाइन। खेलको दोस्रो हाफमा दुबै टिमबाट गोल हुन सकेन। खेलको सुरुवाती समय देखि काकडभिट्टा  महिला फुटबल क्लबले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो।

ईलामका खेलाडीले थप गोल गर्न नसक्दा पराजित हुन पुगेका थिए। ईलामका खेलाडीहरुले गोल गर्ने केही अवसरहरु पाएपनि  गोलमा परिणत नहुदा काकडभिट्टा फुटबल क्लबले सहज रुपमा बिजय हाँसिल गरेको हो।खेलको मेन अफदि म्याच काकडभिट्टा महिला फुटबल क्लब कि खेलाडी सरस्वती राजवंशी घोषित भइन। खेल अवधि भर उत्कृष्ट खेल प्रदर्शन गरेकी खेलाडी राजवंशीले मेन अफ दि म्याच को पुरस्कार पाएपछि खेल प्रति आफू थप उत्साहित भएको र भविष्यमा नेपालको राष्ट्रिय टोलीबाट फुटबल खेल्ने ईच्छा रहेको धारणा राखेकी थिइन। सोमबार आयोजक स्पर्श महिला फुटबल क्लब र गाईघाट महिला फुटबल क्लब उदयपुर बिच खेल हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया