जेबि खड्का
गौरादह, २० भदौ २०८३ । गौरादहमा संचालन भइरहेको महिला फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा राङचा फुटबल क्लब कोराबारी विजयी भएको छ। राङचा फुटबल क्लबले धरान महिला फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।
खेलको पहिलो हाफको १५ औं मिनेटमा आत्माघाती गोल भएपछि धरान महिला फुटबल क्लब १ गोलले पछि परेको थियो। राङचा क्लबका खेलाडी पेन्जु राईले ३५ औं मिनेटमा थप एक गोल गरेपछि टिमलाई २ गोलको अग्रता बनाएकी थिइन। खेलको ४७ औं मिनेटमा धरान महिला फुटबल क्लब कि खेलाडी दुर्गा तामाङले १ गोल गरेकी थिइन। खेलको सुरुवाती समय देखि धरान महिला फुटबल क्लबले उत्कृष्ट खेल प्रदर्शन गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुगेको हो। धरानले गोल गर्ने सुनौला अवसरहरु गोलमा परिणत नहुदा राङचा फुटबल क्लब बिजय भएको हो।
राङ्चा फुटबल क्लबले पनि थप गोल गर्ने केही अवसरहरु पाएको भएता पनि थप गोल हुन सकेन। खेलको मेन अफदि म्याच राङचा फुटबल क्लब कि खेलाडी समीक्षा पौडेल घोषित भइन। खेल अवधि भर उत्कृष्ट खेल प्रदर्शन गरेकी खेलाडी पौडेलले मेन अफ दि म्याच को पुरस्कार पाएपछि खेल प्रति आफू थप उत्साहित भएको धारणा राखेकी थिइन। आईतवार ओएसिस महिला फुटबल क्लब ईलाम र काकडभिट्टा महिला फुटबल क्लब बिच खेल हुने आयोजकले जनाएको छ।






