Online Bichar
आइतबार, भाद्र २१, २०८३ | Sunday, September 6, 2026

जेबि खड्का 

गौरीगंज, २० भदौ २०८३ । लागु औषध दुर्व्यसनी नियन्त्रण गर्ने उदेश्यले ठेकीटोला युवा समूह गौरीगंजले आयोजना गरेको म्याराथन दौड शनिबार सम्पन्न भएको छ। म्यारथन दौड सबै बिधामा एकैसाथ संचालन गरिएपनि नतिजा फरक बिधामा छुट्याइएको थियो।

दौडमा खुल्ला तर्फ पुरुष तथा महिला, भेट्रानका बिधाहरु समेटिएको थियो। स्थानीय स्तरमा रहेका धावकहरु मध्ये  उत्कृष्ट एक जनालाई छनौट गरिएको थिया। गौरीगंज-३ स्थित ठेकिटोलाबाट सुरु गरिएको दौड मोरङको सिमाना रतुवा खोला पुलमा पुगेर पुन ठेकिटोला चौक सम्म जम्मा १६ किलोमिटर दौडिएका थिए। म्याराथन दौडका लागि  भारतको सिक्किम,कालेम्पुङ, दार्जेलिङ, हिमान्चल, मिरिक तथा नेपालको काठमाडौं, कैलाली लगायत विभिन्न जिल्लाबाट सहभागी भएका थिए।

दौडमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रतिनिधिसहित दौडमा २ सय ७५ जनाको सहभागीता रहेको थियो। म्याराथन दौडमा सबैभन्दा कम उमेरका ११ बर्षिय लेटाङ मोरङका सुमित लिम्बु र मोरङका १३ बर्षिय अतिस सर्दारले दौड पूरा गरेका थिए। दौडमा पुरुष तर्फ गोर्खाका गणेश सिंह प्रथम, तेह्रथुमका सरोज लिम्बू दोस्रो र ताप्लेजुङका अमिर लिम्बु तेस्रो भएका थिए। महिला तर्फ भोजपुरकि जुलिन राई प्रथम, उर्लाबारी मोरङकी मन्दिरा महतरा दोस्रो र खोटाङकी दिपा बस्नेत तेस्रो भएकि थिइन। भेट्रान तर्फ ईटहरी सुनसरीका रेसम लिम्बु प्रथम, शिवसतासि झापाका राज कुमार बिष्ट दोस्रो र धरान सुनसरीका मंगल तामाङ तेस्रो भएका थिए। स्थानीय तर्फ गौरीगंज-२ का कृष्ण प्रसाद शाह प्रथम भएका थिए। पुरुष तर्फ अन्य ७ जनालाई सान्त्वना पुरस्कार दिइएको थियो।

म्याराथन दौडमा प्रथमले नगद ३१ हजार दोस्रो हुनेले २१ हजार र तेस्रो हुनेले ११ हजारका साथै उत्कृष्ट १० स्थान सम्मलाई नगद रकम प्रदान गरिएको आयोजकले जनाएको छ। बिशेष पुरस्कारको रुपमा महिला तर्फ प्रथमलाई १५ हजार, दोस्रोलाई ११ हजार र तेस्रोलाई ६ हजार नगद प्रदान गरिएको थियो। भेट्रान तर्फ प्रथमले ५ हजार १ सय, दोस्रोले ३ हजार र तेस्रोले २ हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ। स्थानीय तर्फ प्रथम हुनेले नगद ५ हजार १ सय प्रदान गरिएको आयोजकका प्रबक्ता सुशील राईले जनाएका छन। दौडमा उत्कृष्ट हुनेलाई मेडल प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कोशि प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले शरीर स्वास्थ्य राख्न, यवामा अनुशासन र इमानदारीताको पालना गर्न खेलकुदकोे महत्व रहेको धारणा राखेका थिए। आयोजकका अध्यक्ष राजु बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरीगंज गाउँपालिका वडा नं (३ का वडाध्यक्ष श्रवण गिरी, सिक्किमका प्रिमियस भुटिया, दिपेन्द्र थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए। आयोजकका आर्थिक समिति संयोजक यादब रिजालले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब प्रबेश श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया