काठमाडौं, ७ भदौ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनको आन्दोलनलाई घात नगर्न आफूले किस्तीमा आएको प्रधानमन्त्री त्याग गरेको बताएका छन् ।
आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । म यहाँ गर्वका साथ भन्न सक्छु, हाँसी हाँसी किस्तिमा आएको प्रधानमन्त्री पदलाई नमस्कार गरेको हो, ”उनले भने,” २१ सिटको दलको रूपमा प्रधानमन्त्री बन्नका लागि मेरो हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियो । आन्दोनलाई घात नगर्न मैले हाँसी हाँसी अस्वीकार गरेँ,” उनले भने ।
रास्वपा हाल अरूलाई दोष लगाएर उम्किने अवस्थामा नरहेको उनले बताए । ”हिजो हामीले दोष लगाउने कयौँ मानिसहरू थिए । कैयौँ नेताहरू थिए । दोषै दोषको चाङमा आफूलाई अग्लो बनाउन सक्थ्यौँ । आज कसलाई दोष लगाउने ?” उनको प्रश्न छ ।
नेता कार्यकर्तालाई उनले राम्रो काम गर्न नकसे कम्तीमा गलत नगर्न भनेका छन् ।






