काठमाडौं, २३ असोज २०८३ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ ।
यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले एक सूचना जारी गरेर मतदानको समय थप गरेको जानकारी दिएका छन् ।






