भद्रपुर, ७ मंसिर २०८३ । धान झार्ने क्रममा थ्रेसरबाट आगो लाग्दा झापाको भद्रपुर नगरपालिका–९ का कृषक चन्द्रबहादुर कार्कीको धान जलेर एक लाख बराबरको क्षति भएको छ ।
आज दिउँसो १ बजेतिर भद्रपुर-९ पोकापाडा बस्ने कार्कीको खेतमा प्र१–०१–००१ त ८४९७ न.को ट्रयाक्टरबाट धान थ्रेसर लगाउने क्रममा थ्रेसरबाट अचानक आगो सल्किएको थियो । आगलागीबाट कार्कीको १ बिघा १० कठ्ठा खेतमध्ये अन्दाजी १५ कठ्ठाको धान पूर्णरूपमा जलेर नष्ट हुँदा अन्दाजी एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रयाक्टरमा सामान्य क्षति पुगेको छ । सो ट्रयाक्टरका साहु सोही ठाउँ बस्ने पर्वत राजवंशी रहेको बुझिएको छ ।
घटनास्थलमा प्रहरी चौकी घोडामाराबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण साहको कमाण्डमा प्रहरी टोली खटिएर स्थानीयबासी,प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा दिउँसो २ः३० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।






