Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

काठमाडौं, ७ मंसिर २०८३ । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा अडिएको हो।

यसदिन ३६० वटा स्क्रिप्सको १ करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० रुपैयाँमा खरिदबिक्री भए। सेयर बजारमा सामान्य सुधार आएपनि कुनै पनि कुम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुने सकेन। मेन्छियाम हाइड्रोपावरको सेयर सर्वाधिक १०.५८ प्रतिशतले बढ्यो।

माउन्टेन हाइड्रो नेपाल र बुंगल हाइड्रोपावरको सेयर ५ प्रतिशतले बढिले वृद्धि भयो। भिजन लुम्बिनी उर्जा कम्पनीको सेयर ८.३३ प्रतिशतले घट्यो।कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकले १५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

लक्ष्मी सनराइज बैंक,एनआईसी एसिया बैंक,कुमारी बैंक र भर्सन लुम्बिनी उर्जाले १२/१२ करोड बढिको सेयर खरिदबिक्री गरे। कारोबारमा आएकामध्ये १०५ वटा स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो। बाँकी १० वटा स्टक्सको मूल्य स्थिर रह्यो।

चारवटा समूहको उपसूचक बढ्दा बाँकी समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,डेभलपमेन्ट बैंक,इन्भेष्टमेन्ट र अर्दश समूहको उपसूचकबाहेक बाँकी ८ वटा समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

तपाईको प्रतिक्रिया