Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

काठमाडौं, ७ मंसिर २०८३ । विपद्का बेला नागरिकलाई समयमै पूर्वसूचना पुर्‍याउने उद्देश्यले सरकारले आज काठमाडौंका केही क्षेत्रमा सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ ।

गृह मन्त्रालयका अनुसार, नेपालमै विकसित उक्त प्रविधिको परीक्षण सोमबार साँझ ५:३० बजे नेपाल टेलिकमको २जी मोबाइल सञ्जालमार्फत गरिनेछ । परीक्षणका क्रममा तोकिएका क्षेत्रमा रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित सन्देश प्राप्त हुन सक्नेछ ।

मन्त्रालयले परीक्षण सन्देश प्राप्त भएमा नआत्तिन र कुनै प्रतिक्रिया वा कारबाही नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । सन्देशमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ र ‘टेस्ट अलर्ट’ उल्लेख हुनेछ । परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक पनि प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ ।

सेल ब्रोडकास्ट प्रणालीमार्फत बाढी, पहिरो, भूकम्पलगायत विपद्को जोखिममा रहेका क्षेत्रमा तत्काल पूर्वसूचना तथा सुरक्षासम्बन्धी जानकारी पुर्‍याउन सकिनेछ ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया