Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा- झापाको र्गौरीगञ्जमा एक दिने निशुल्क स्वास्थ्य शिविर आज मंगलबार सम्पन्न भएको छ । लाइन्स क्लब अफ दमक माउण्ट एभरेष्टले भारतको सिमना संग जोडिएको झापाको दक्षिणी क्षेत्रका आदीवासी , जनजाती , दलित , तथा विपन्न परिवारलाई लक्षित गरी सेवा दिन शिविर आयोजना गरेको हो ।

गौरीगञ्ज गाँउपालिकाले समन्वय गरेको शिबिरमा एकै ठाँउमा बसि नागरिक हरुले सबै प्रकारको स्वास्थ्य सेवा पाएका छन् । शिविरमा गौरादह नगरपालिका र गौरीगञ्ज गाँउपालिका भित्रका १५० जनाले उपचार गराएका छन् ।

नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा जेनेरल फिजीसीयन , नाक कान घाटी , आँखा , स्त्री रोग , हाड जोर्नी नसा , बाल रोग , मुटु रोग , चर्मरोग , दाँत , मानसिक रोग , न्यूरो सरजरि , रगत जाँच , भिडियो एक्सेरे, मुटुको इको , इसिजी , सम्बन्धि सेवा निशुल्क पाएका छन् ।

शिविरमा मेची औषधी व्यवसायी संघ अञ्चल शाखा दमकले निशुल्क औषधी वितरण गरेको थियो । शिविरमा हाड जोर्नीको उपचार गराउन आएका गौरीगञ्ज ३ निवासी ५४ वर्षिया निर्मल गुरुङ्गले यस प्रकारको सेवा गाँउमै पाउनु हाम्रो लागि खुसीको कुरा भएको बताए । त्यसै गरी गौरीगञ्ज ३ का ४७ वर्षिया लिला देवी दासले गाँउ घरमै बसेर अस्पतालको सेवा पाई उपचार गराउन पाएकोमा खुसी व्यक्त गरीन ।

शिविर संचालन अघि औपचारीक कार्यक्रममा लाइन्स क्लब दमकका अध्यक्ष तथा कार्यक्रमका सभापति रुद्र गौतमले सामाजिक काम गर्दै आएको क्लबले दक्षिणी क्षेत्रमा आदीवासीहरुको बाहुल्यता रहेको र अस्पताल सम्म पुगेर उपचार गराउन नसक्ने व्यक्तिहरुलाई लक्षित गरि शिविर संचालन गरिएको बताए ।

गौरीगञ्ज गाँउपालिका का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । क्लबका जोन चियर पर्सन रामचन्द्र बरालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख यज्ञ प्रसाद आर्चाय , उपाध्यक्ष दिपेन्द्र थापा लगायतले शुभकामना मन्तव्य राखेको शिविर संयोजक बुद्धिशेखर भट्टराईले जानकारी गराए ।

तपाईको प्रतिक्रिया