सिरहा, १५ साउन २०८३ । सुनसरी घटनालाई लिएर सिरहामा भएको आन्दोलनका क्रममा बिहीबार गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको परिवारलाई भेट्न सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सुरक्षाकर्मीसहित उनको निवास पुगेका छन्।
औरही गाउँपालिका–२, तुलसीपुर (मोतिपुर) का १५ वर्षीय यादवको गोलबजारमा आन्दोलनका क्रममा बिहीबार गोली लागेर मृत्यु भएको थियो।
मृतकका परिवारजनलाई भेट्न प्रमुख जिल्ला अधिकारी पौडेल पुग्दा त्यहाँ स्थानीयवासीको बाक्लो उपस्थिति रहेको छ।
यसैबीच, गृहमन्त्री सुदन गुरुङ पनि मृतकका परिवारलाई भेट्न सिरहा आउन लागेको प्रहरीले जनाएको छ। गृहमन्त्रीको उपस्थितिमा आवश्यक सहमति गरी शव दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ।






