Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, २१ फागुन । नेपाली युवा लेगस्पीनर सन्दीप लामिछाने आबद्ध लाहोर कलन्दर पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा आज पेशावर जाल्मीविरुद्ध खेल्दैँछ । चौथो जितको रणनीतिसहित कलन्दर जाल्मीविरुद्ध खेल्न लागेको हो ।

नेपाली समयअनुसार अबुधाबीस्थित शेख जायद स्टेडियममा खेल बेलुका ५ः१५ बजे सुरु हुनेछ । यसअघि जाल्मीविरुद्ध ७ विकेटले पराजित कलन्दर हारको बदला लिने रणनीतिमा छ । तर मुख्य ब्याटसम्यान एबि डि भिलियर्स चोटका कारण फर्किएपछि कलन्दर केही दबाबमा छ ।

कलन्दर आठौं खेल खेल्दा सन्दीप भने पाँचौ खेल खेल्दैछन् । सुरुआती तीन खेल अष्टेलियामा बिग बासमा रहँदा गुमाएका सन्दीपले पछिल्ला चार खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । ४ खेलमा १० विकेट लिएका सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । कलन्दर ७ खेलमध्ये ३ मा जित ४ मा हारसहित ६ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया