बुटवल, २४ वैशाख २०८३ । बुटवलमा सुकुम्वासीहरूले प्रदर्शन गरेका छन् । सरकारले सरकारी सम्पत्ति जोगाउने तयारीसहित सुकुम्वासी क्षेत्रमा डोजर चलाइरहेकोले त्यसको प्रतिरोधसहित प्रदर्शन गरिएको हो ।
रुपन्देहीका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको सहभागितामा भएको प्रदर्शनमा बुटवलको राजमार्ग चौराहदेखि ट्राफिक चोकसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
रुपन्देहीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको संख्या अत्यधिक रहेको आयोगको तथ्यांकले देखाउँछ । कञ्चन गाउँपालिकामा सबैभन्दा बढी ९८८ भूमिहीन दलित, दुई हजार ८१ भूमिहीन सुकुम्वासी र ९ हजार ३३३ अव्यवस्थित बसोबासी छन् ।
तिलोत्तमा नगरपालिकामा ६१० भूमिहीन दलित, एक हजार ८०८ भूमिहीन सुकुम्वासी र पाँच हजार ८७४ अव्यवस्थित बसोबासी गरी आठ हजार २९२ परिवार रहेका छन् । सैनामैना नगरपालिकामा ३२५ भूमिहीन दलित, ४०४ भूमिहीन सुकुम्वासी र १५ हजार ५१३ अव्यवस्थित बसोबासी छन् ।
देवदह नगरपालिकामा १६० भूमिहीन दलित, २६५ भूमिहीन सुकुम्वासी र १३ हजार ६०५ अव्यवस्थित बसोबासी रहेका छन् । गैडहवा गाउँपालिकामा ७५ भूमिहीन दलित, ४६१ भूमिहीन सुकुम्वासी र तीन हजार ७७० अव्यवस्थित बसोबासी छन् ।
शुद्धोधन गाउँपालिकामा १०० भूमिहीन दलित, २२३ भूमिहीन सुकुम्वासी र एक हजार ४७२ अव्यवस्थित बसोबासी रहेका छन् । सियारी गाउँपालिकामा ४४ भूमिहीन दलित, १३९ भूमिहीन सुकुम्वासी र एक हजार २३३ अव्यवस्थित बसोबासी छन् ।
मायादेवी गाउँपालिकामा ११० भूमिहीन दलित, १३७ भूमिहीन सुकुम्वासी र ६५७ अव्यवस्थित बसोबासी छन् । सिद्धार्थनगर नगरपालिकामा ५२ भूमिहीन दलित, १७० भूमिहीन सुकुम्वासी र ५३ अव्यवस्थित बसोबासी छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा १०१ भूमिहीन सुकुम्वासी र ३५३ अव्यवस्थित बसोबासी छन् ।






