Online Bichar
आइतबार, बैशाख २०, २०८३ | Sunday, May 3, 2026

काठमाडौं, २० वैशाख २०८३ । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति पौडेलले शनिबार (वैशाख १९) स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका थिए ।

त्यस्तै, शुक्रबार (वैशाख १८) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश गरेका थिए ।

बिहीबार (वैशाख १७) सहकारी (पहिलो संशोधन) अध्यादेश र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए ।

 

तपाईको प्रतिक्रिया