Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, १९ वैशाख २०८३ । रामचन्द्र पौडेल ले थप तीन वटा अध्यादेश जारी गरेका छन्। शनिबार (वैशाख १९) राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। साथै, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पनि जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यी अध्यादेशहरू जारी गरेका हुन्।

यसअघि पनि राष्ट्रपतिले अध्यादेश जारी गर्ने क्रम जारी राखेका थिए। शुक्रबार (वैशाख १८) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको थियो भने बिहीबार (वैशाख १७) सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको थियो।

सरकारले पछिल्लो समय विभिन्न कानुनी व्यवस्थाहरूलाई संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले अध्यादेशमार्फत काम अघि बढाइरहेको देखिएको छ।

तपाईको प्रतिक्रिया