Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, १७ वैशाख २०८३ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो ।

यसअघि राष्ट्रपतिले सोही दिन सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । एकै दिन दुईवटा अध्यादेश जारी भएसँगै सरकारले विभिन्न क्षेत्रमा कानुनी सुधार अघि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया