Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, १७ वैशाख २०८३ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल सुकुम्वासी संघले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पदबाट हटाउन माग गर्दै अनिश्चितकालीन आमहडतालसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघले मेची–महाकाली राजमार्ग चक्काजामसहित देशव्यापी आन्दोलन गर्ने जनाएको छ । आन्दोलनलाई दुई चरणमा विभाजन गर्दै विभिन्न मितिमा कार्यक्रम सञ्चालन गरिने संघका अध्यक्ष अमर परियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिअनुसार २०६३ जेठ ७ गतेबाट मेची–महाकाली राजमार्ग तथा सुकुम्वासी केन्द्रित क्षेत्रहरूमा संघर्षका कार्यक्रम सञ्चालन गरिनेछ । साथै सबै संघसंस्था, राजनीतिक दल, जनवर्गीय संगठन र भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको सहभागितामा देशव्यापी अनिश्चितकालीन आमहड्ताल गर्ने चेतावनीसमेत दिइएको छ ।

संघले सरकारद्वारा सुकुम्वासी बस्ती तथा अतिक्रमित सरकारी जमिन खाली गर्ने कदमको विरोधमा आन्दोलन घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया