Online Bichar
आइतबार, बैशाख १३, २०८३ | Sunday, April 26, 2026

काठमाडौं, १३ वैशाख २०८३ । स्पेनमा बसोबास गर्दै आएका नेपालीहरूका लागि स्थायी बसोबाससम्बन्धी कागजात कानुनीकरण प्रक्रिया थप कडा बनाइएको छ।

काठमाडौंस्थित स्पेनको मानार्थ वाणिज्य दूतावासले युरोपेली संघ र स्पेनको परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार नेपाली कागजातमा रहेका हस्ताक्षरहरूको कानुनीकरण ९लिगलाइजेसन० गर्ने अधिकार तत्कालका लागि खारेज गरिएको जनाएको छ।

दूतावासका अनुसार अब उक्त कार्य भारतको दिल्लीस्थित स्पेनको दूतावासमार्फत मात्र हुनेछ। नेपालबाट पेस गरिने सरकारी कागजातहरू कानुनीकरणका लागि दिल्लीस्थित कन्सुलर शाखामा पठाउनुपर्ने व्यवस्था गरिएको छ। दूतावासले यस निर्णयसँगै नेपाली आवेदकहरूले कागजात प्रक्रिया पूरा गर्न थप समय र झन्झट व्यहोर्नु पर्ने अवस्था आएको जनाएको छ।

तपाईको प्रतिक्रिया