झापा, १३ वैशाख २०८३। जिल्लाको भद्रपुर नगरपालिका–५ गौशाला क्षेत्रमा लागुऔषधसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा नेपाल प्रहरीको टोलीले आइतबार (२०८३ वैशाख १३) बिहान करिब १०:३० बजे पैदल हिँडिरहेका दुई जनालाई शंका लागि चेकजाँच गरेको थियो।
सो क्रममा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने ५ ग्राम ०६० मिलिग्राम लिसाइलो पदार्थ र ६ वटा निट्राजेपम ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ आमभोटेका २२ वर्षीय प्रताप मादेन र सोही क्षेत्रका २४ वर्षीय अनुप लामगदे रहेका छन्।
दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जानकारी दिएको छ।





