Online Bichar
आइतबार, बैशाख १३, २०८३ | Sunday, April 26, 2026

काठमाडौं, १३ वैशाख २०८३ । देशका विभिन्न स्थानमा आइतबार दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो करिब ३:१८ बजेसम्म कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश का केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश का एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपालको तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। सोही प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना रहेको बताइएको छ। मौसम पूर्वानुमान महाशाखाले सम्भावित मेघगर्जन, चट्याङ र वर्षाका कारण आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया