Online Bichar
आइतबार, बैशाख १३, २०८३ | Sunday, April 26, 2026

झापा, १२ वैशाख २०८३ । नेपाल प्रहरी ले सञ्चालन गरेको लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको ‘स्वीप अपरेशन’ अन्तर्गत १६ जनालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले शनिबार सञ्चालन गरेको अभियानमा ५ जनाबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजेपाम ट्याब्लेट ३२ पिस बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, लागुऔषध ओसारपसारमा प्रयोग भएका २ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

बरामद लागुऔषधसहित पक्राउ परेका ५ जनामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान अघि बढाइएको छ भने अन्यलाई पनि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।

यसअघि वैशाख ११ गतेको अपरेशनमा ६३ जनालाई नियन्त्रणमा लिँदै १६ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ११७ ट्याब्लेट र डिकोलिक १०५ ट्याब्लेट बरामद गरिएको थियो। त्यस्तै वैशाख १० गते ६२ जनालाई नियन्त्रणमा लिई २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र नगद ९ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तरता दिने बताएको छ।

तपाईको प्रतिक्रिया