Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

काठमाडौं, १० वैशाख २०८३ । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र क्षेत्रका लागि यस वर्षका ‘प्रज्ञा पुरस्कार’ घोषणा गरेको छ। साथै पहिलोपटक ‘प्रज्ञा प्रादेशिक पुरस्कार’ समेत प्रदान गर्ने निर्णय गरिएको छ।

प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीका अनुसार एक लाख रुपैयाँ राशिका प्रज्ञा पुरस्कार यस वर्ष १२ जना स्रष्टालाई प्रदान गरिनेछ।
पुरस्कार प्राप्त गर्नेहरूमा समालोचनातर्फ प्रा. डा. अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा. डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्य साहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली–पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेस–तराई) तर्फ अमरेन्द्रकुमार यादव रहेका छन्।

त्यस्तै, ५० हजार रुपैयाँ राशिको ‘प्रज्ञा प्रादेशिक पुरस्कार’ पहिलोपटक सात जना स्रष्टालाई प्रदान गरिने भएको छ। कोसी प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ), मधेस प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल ‘सोडारी’लाई पुरस्कार प्रदान गरिनेछ।

उक्त पुरस्कार वैशाख १७ गते प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा आयोजित विशेष समारोहमा प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया