Online Bichar
बुधबार, बैशाख ०९, २०८३ | Wednesday, April 22, 2026

काठमाडौं, ९ वैशाख २०८३ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निर्वाचनअघि दिएको अभिव्यक्तिलाई आधार बनाएर प्रसाईंविरुद्ध विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐनअन्तर्गत बुधबार मुद्दा दर्ता गरेको हो।

अभियोगपत्रअनुसार, उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजाय माग गरिएको छ। उक्त दफाअनुसार कसुर प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
दफा ४७ (२) अनुसार कसुर दोहोरिएमा थप सजाय हुने व्यवस्था रहेको छ। प्रसाईंले पटकपटक यस्ता अभिव्यक्ति दिएको देखिएकाले थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति भराउनसमेत माग गरिएको छ।

प्रहरी अनुसन्धानले प्रसाईंले सामाजिक सञ्जाल ँबअभदययप मार्फत गत फागुन २१ मा सम्पन्न निर्वाचनबारे भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएको देखाएको छ। उनले ‘निर्वाचन गरिए देश टुक्रिन्छ’ भन्दै वैमनस्यता फैलाउन खोजेको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप छ।

यसैगरी, प्रसाईंले निर्वाचनअघि राजसंस्था र हिन्दू राज्य पुनर्स्थापना नभएसम्म चुनाव हुन नदिने तथा जबर्जस्ती चुनाव गरिए देशमा अशान्ति मच्चिने चेतावनी दिएका थिए। अभियोगपत्रमा उनले ‘मर्न र मार्न तयार हुने’ जस्ता हिंसात्मक अभिव्यक्ति दिएको उल्लेख छ।
प्रसाईंले यस विषयमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की सँग समेत वार्ता गरेका थिए। तर, राजतन्त्र पुनर्स्थापनालगायत माग अघि सारेपछि वार्ता निष्कर्षविहीन बनेको जनाइएको छ।

तपाईको प्रतिक्रिया