Online Bichar
बुधबार, बैशाख ०९, २०८३ | Wednesday, April 22, 2026

काठमाडौं, ९ वैशाख २०८३ । गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै उनले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

उनले आफ्नो स्टाटसमा आफू सम्बद्ध विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् र छानबिनमा कुनै प्रभाव नपरोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन्।

गुरुङले पदभन्दा ठूलो नैतिकता हुने बताउँदै जनविश्वास नै सबैभन्दा ठूलो शक्ति भएको धारणा राखेका छन्।

उनले पछिल्लो समय देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलन ले पनि सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको बताएका छन्।

“मेरा ४६ जना भाइबहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,” उनले लेखेका छन्।

गुरुङले आफूले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको समेत बताएका छन्।

तपाईको प्रतिक्रिया