Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, ८ वैशाख २०८३ । नयाँ बनाउन लागिएको प्रतिनिधिसभा नियमावलीको मस्यौदामा बैठककक्षभित्र फोटो, भिडियो तथा अडियो रेकर्ड गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।

नियमावली समितिले मंगलबार सभामुखलाई बुझाएको प्रतिवेदनको नियम २० अन्तर्गत उपनियम ‘ट’ मा बैठककक्षभित्र मोबाइल फोन मौन (साइलेन्स) अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न नपाइने, साथै फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न नपाइने उल्लेख गरिएको छ।

यसअघि २०७९ सालको नियमावलीमा फोटो, अडियो तथा भिडियो खिच्न निषेध गर्ने स्पष्ट व्यवस्था थिएन। तर फोन साइलेन्समा राख्नुपर्ने र बैठकमा फोन प्रयोग नगर्नुपर्ने व्यवस्था मात्र रहेको थियो। नियमावली समितिले तयार पारेको यो प्रतिवेदन प्रतिनिधिसभाबाट पारित भएपछि मात्र औपचारिक रूपमा लागू हुनेछ।

तपाईको प्रतिक्रिया