Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

काठमाडौं, ७ वैशाख २०८३ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको छ।

एक गायिकामाथि जबरजस्ती करणी गरेको तथा धम्की दिएर गर्भपतन गराएको आरोपमा उनीविरुद्ध गर्भ संरक्षणविरुद्धको कसुरसमेत लगाइएको छ।

कर्णाली प्रदेशको मुगु जिल्ला, सोरु गाउँपालिका–१० धैनकोट घर भएका ५२ वर्षीय मल्ल काठमाडौंको चन्द्रागिरी नगरपालिकामा बसोबास गर्दै आएका थिए।

पीडित भनिएकी महिलाको उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

उजुरीअनुसार ०८० भदौ १२ गते भेट्ने बहानामा बोलाएका मल्लले होटलको कोठामा जबरजस्ती करणी गरेको आरोप छ। त्यसयता दुई वर्षसम्म निरन्तर यौन दुर्व्यवहार गरेको र गर्भ बसेपछि ०८२ असार २ गते जबरजस्ती गर्भपतन गराएको दाबी गरिएको छ।

पीडितले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानमा उजुरी गरे ज्यान मार्ने धम्कीसमेत दिएको उल्लेख छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया