Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं, ४ वैशाख २०८३ । २८ थान नक्कली नोटसहित ठमेलबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहटको फूलबारी घर भएका ३२ वर्षीय राम कुमार पाख्रिन र सिन्धलीको घ्याङलेख गाउँपालिका–५ घर भएका २४ वर्षीय शिव घिसिङ छन् । उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेबा खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट ५ सय दरका २८ थान नक्कली नोट बरामद भएको छ । नोट छाप्न प्रयोग भएको मेसिन समेत उनीहरुबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया