Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठ्माडौं, ४ वैशाख २०८३ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत भेटिएका मध्ये ७ शवको पहिचान अझै खुल्न सकेको छैन ।

जेनजी आन्दोलनको क्रममा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको थियो । ती मध्ये ७ वटा शवको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

‘४२ शवको पहिचान गरी सम्बन्धीत परिवारलाई बुझाइए पनि ७ शवको पहिचान हुन सकेको छैन । हामी डीएनएको प्रक्रियामा छौं’ एसपी भट्टराईले भने ।

ती सात जलेको अवस्थामा कंकालको रुपमा मात्रै रहेकाले पहिचान हुन सकेको छैन ।

 

 

 

तपाईको प्रतिक्रिया