Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठ्माडौं, ४ वैशाख २०८३ । यातायात व्यवस्था विभागले ६७४ थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको जानकारी सार्वजनिक गरेको छ।

शुक्रवार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत लाइसेन्सको क्याटेगोरीसहित विवरण सार्वजनिक गरेको हो। विभागले सम्बन्धित सेवाग्राहीलाई आवश्यक कागजातसहित लाइसेन्स लिन आउन आग्रह गरेको छ।

विभागका अनुसार लाइसेन्स लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

कात्तिक यतादेखि सुरक्षण मुद्रण केन्द्रमार्फत लाइसेन्स छपाइ भइरहेको छ। हाल विभागले तीन प्रकारका लाइसेन्स छाप्दै आएको जनाएको छ, जसमा अत्यावश्यक, पुरानो ब्याकलग तथा ट्रायल पास गरी राजश्व तिरेको २४ घण्टाभित्र छापिने लाइसेन्स समावेश छन्।

तपाईको प्रतिक्रिया