Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं, ३ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री तथा सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार सांसदहरूका लागि मासिक १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूका लागि १८ हजार रुपैयाँ लेबी तोकिएको छ। त्यस्तै स्वकीय सचिवका लागि २ हजार रुपैयाँ लेबी तोक्ने प्रस्ताव पनि पारित भएको छ, जुन हाललाई मन्त्रीका स्वकीय सचिवका हकमा लागू हुनेछ।

सांसदहरूले स्वकीय सचिव राख्ने व्यवस्था लागू भएमा उनीहरूका स्वकीयका लागि पनि २ हजार रुपैयाँ लेबी लाग्ने व्यवस्था गरिएको बुर्लाकोटीले बताए।

तपाईको प्रतिक्रिया