काठमाडौं, ३ वैशाख २०८३ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका छन् ।
कांग्रेस संसदीय दलले आजै खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेसँगै उनले सोही आधारमा मनोनयन दर्ता गराएका हुन् । आज प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिहरूमा मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।
प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने र बाँकी सबै समितिमा आफ्ना सांसदलाई अघि सार्ने रणनीति बनाएको छ ।
यसैबीच विपक्षी दलहरूबीच पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको जनाइएको छ ।






