काठमाडौं, ३ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिका सभापति उम्मेदवार टुंगो लगाएको छ ।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापतिको उम्मेदवार चयन गरेको हो ।
पार्टीका अनुसार संसदीय समितिहरूमा प्रभावकारी उपस्थिति जनाउन र नीति निर्माण प्रक्रियामा सक्रिय भूमिका खेल्ने उद्देश्यले उम्मेदवार टुंग्याइएको हो ।







