Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं, ३ वैशाख २०८३ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका मुख्य सचेतक र सचेतक टुंग्याएको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको छ भने सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार चयन भएका छन् ।

पार्टीका अनुसार संसदभित्र प्रभावकारी भूमिका निर्वाह गर्न र संसदीय गतिविधिलाई थप व्यवस्थित बनाउन उक्त जिम्मेवारी बाँडफाँट गरिएको हो ।

तपाईको प्रतिक्रिया