काठमाडौं, २ वैशाख २०८३ । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले आज बेलुकातिर रिहा गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन् ।
परराष्ट्रमन्त्री खनालका अनुसार झा अहिले नेपाली पक्षको सम्पर्कमा छन् । “उहाँ अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ,” उनले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, “कतारस्थित नेपाली दूतावासका अधिकारीहरू पनि उहाँसँग निरन्तर सम्पर्कमा छन् र आवश्यक समन्वय भइरहेको छ ।”
दुबईस्थित एक पानीजहाज कम्पनीमा कार्यरत झालाई केही समयअघि इरानी सेनाले नियन्त्रणमा लिएको थियो । उनको नियन्त्रण रिहाइबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।
हाल कतारस्थित नेपाली दूतावासले इरानसँग समन्वय गर्दै झाको सुरक्षित फिर्ताका लागि पहल गरिरहेको जनाएको छ ।






