Online Bichar
बिहिबार, बैशाख ०३, २०८३ | Thursday, April 16, 2026

काठमाडौं, २ वैशाख २०८३ । युनाइटेड अरब इमिरेट्स (यूएई) रमजानको अवसरमा १२८ नेपालीलाई आममाफी दिएको छ । आममाफी दिएकोमा नेपाल सरकारले यूएईप्रति कृतज्ञता प्रकट गरेको छ ।

“पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यूएईले मानवीय आधारमा दिएको क्षमालाई नेपाल सरकारले उच्च मूल्यांकन गरेको विज्ञप्तिमा जनाइएको छ ।

यूएईको अबुधाबीस्थित नेपाल दूतावासमार्फत नेपाल सरकारको अनुरोधपछि १२८ नेपाली कैदीलाई माफी दिइएको परराष्ट्रले बताएको छ ।

 

तपाईको प्रतिक्रिया