Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

झापा, १ वैशाख २०८३। झापाको दमक नगरपालिका–८ स्थित नेम्वाङ ड्राइभिङ सेन्टर अगाडि पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। आज दिउँसो १२:४५ बजे भद्रपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ८५७३ नम्बरको कालो रङको बुलेट मोटरसाइकलमा एक्कासी आगलागी भएको खबर इलाका प्रहरी कार्यालय दमकमा प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिब १ बजे आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक संखुवासभा मादी नगरपालिका–३ घर भई हाल सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म भद्रपुर, झापामा कार्यरत सप्रसह गणेश जिमी भने सकुशल रहेका छन्। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया