काठ्माडौं, २९ चैत २०८२ । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयन वैशाख ४ गते गर्ने भएको छ ।
पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेही ले निर्वाचन तालिका भने वैशाख २ गते सार्वजनिक गरिने जानकारी दिएका छन् ।
उनका अनुसार दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको छ । सहमति हुन नसके लोकतान्त्रिक विधिअनुसार निर्वाचन प्रक्रियामार्फत नेता चयन गरिने उनले बताए । एकल उम्मेदवारी परेमा भने सर्वसम्मत रूपमा नेता चयन हुने बताइएको छ ।
कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य लगायत सांसदहरूले प्रयास गरिरहेका छन् ।
कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत सांसदले प्रयास गरिरहेका छन् ।






