Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, २७ चैत २०८२ । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई नियुक्त गरेको छ ।

नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बहालवाला सांसद हुन् । उनीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

शपथ ग्रहणलगत्तै दुवै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।

यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपक शाह विवादमा परेपछि पदबाट हटाइएका थिए भने उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैं सम्हाल्दै आएका थिए ।

 

तपाईको प्रतिक्रिया