काठमाडौं, २२ चैत २०८२ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट सोमबारका लागि ‘हेर्दाहेर्दै’ मा निरन्तर रहेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।
ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ । सोमबार महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । सम्भवतः सोमबार निर्णय आउन सक्नेछ ।
भदौ २३ र २४ को घटनामा जाँचबुझका लागि गठित आयोगको सिफारिसअनुसार, ओली र लेखक अनुसन्धानका लागि पक्राउ परेका थिए । दुवै जना चैत १४ गते बिहान पक्राउ परेका थिए ।






