काठमाडौं, २२ चैत २०८२ । महान्यायाधिवक्ता पदमा डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् ।
मन्त्रिपरिद्को आइतबार बसेको बैठकले कँडेललाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
कँडेलले बेलायतको क्विन्स युनिभर्सिटीबाट अभिव्यक्ति स्वतन्त्रतामा विद्यावारिधि गरेका छन् ।
बागलुङ बिहुँ स्थायी घर भएका कँडेल पत्रकारिता पृष्ठभूमिका हुन् । उनले विगतमा रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्र पुकार र नेपाल वाणी साप्ताहिक पत्रिकामा काम गरेका थिए ।
उनी ०५८ देखि ०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाका सभापतिसमेत हुन् ।
कँडेलले ०६० नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएका थिए । उनी रास्वपा सभापति रवि लामछानेविरुद्धको मुद्दाका कानुन व्यवसायीसमेत थिए ।






