Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

काठमाडौं, २० चैत २०८२ । कलाकार सागर लम्साल (बले) चलचित्र पाँच पाण्डवबाट निकालिएका छन् । उनीमाथि एक युवतीलाई बलात्कार गरेको आरोप लागेपछि कालीरानी फिल्मस प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कलाकार लम्साललाई चलचित्र पाँच पाण्डवबाट निष्काशन गरेको हो ।

आज मात्रै सामाजिक सञ्जालमार्फत अमेरिकामा बस्ने एक युवतीले सागर लम्साल (बले) लाई एक वर्षअघि नै आफुमाथि ‘बलात्कार गरेको’ भन्दै स्टाटस लेखेकी थिइन्।

बलात्कारको आरोपपछि आपतकालीन बैठक बसेर आरोपित लम्साललाई नैतिकताका आधारमा फिल्मबाट निष्कासन गर्ने निर्णय गरिएको कालीरानी फिल्मस्‌का नबिन श्रेष्ठले जानकारी दिए । चलचित्र पाँच पाण्डव परिवारले घटनाको सत्यतथ्य जाँचबुझका लागि जोडदार माग समेत गरेको छ।

‘चैत २ गतेदेखि झापा आसपासमा छायांकनरत चलचित्र पाँच पाण्डवमा लम्सालको ९० प्रतिशत दृश्य खिचिसकिएको भएपनि उनी अब उप्रान्त पाँच पाण्डवको हिस्सेदार रहनेछैनन् भने उनी संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नहुने समस्त नेपाली चलचित्र क्षेत्र परिवार, समाजका प्रबुद्ध वर्ग र आम दर्शकसमक्ष प्रष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया