Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठ्माडौं, १९ चैत २०८२ । पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई हिरासतमा राख्न दुई दिन म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ओली र लेखकमाथि अनुसन्धान गर्न थप दुई दिनको समय थप गरिदिएको हो । ओलीलाई अदालतले भर्चुअल माध्यमबाट सुनुवाइमा सहभागी गराएको थियो ।

बयानका क्रममा ओलीले आफ्नो स्वास्थ्यमा समस्या रहेको जानकारी गराएको अदालतको आदेशमा उल्लेख छ । अदालतले आदेशमा बयान सकिएपछि ओलीको उपचारमा असर नपर्ने गरी अनुसन्धान गर्न पनि आदेश गरेको छ ।

 

तपाईको प्रतिक्रिया