Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, १६ चैत २०८२ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोसी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलबाट निर्वाचित सांसदहरूलाई बोलाएर बालेनले छलफल गरेका हुन् ।

सो छलफलमा एमालेबाट निर्वाचित सांसाद सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई सहभागी छन् । कोसी प्रदेशको छलफल सकाएपछि कर्णाली प्रदेशबाट निर्वाचित राप्रपा सांसद ज्ञानेन्द्र शाहीलगायत सांसदहरूसँग बालेनले छलफल गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङसहितका सांसदहरू भने बैठकमा सहभागी भएनन् । साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्रीसँगको छलफलमा नजाने बताएका थिए ।

बालेनले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध रूपमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया