Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

काठ्माडौं, १४ चैत २०८२ । सरकारले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न देशका सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।

शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै सरकारले पहिलो चरणमा आगामी १०० दिनभित्र कम्तीमा २५ वटा यस्ता बसहरू सञ्चालनमा ल्याउने लक्ष्य राखेको हो।

महिलाहरूलाई सार्वजनिक यातायातमा सहज र सुरक्षित पहुँच पुर्‍याउने उद्देश्यले यो विशेष सेवा सुरु गर्न लागिएको सरकारले जनाएको छ।

 

तपाईको प्रतिक्रिया