Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १२ फागुन । मठमन्दिर, सार्बजनिक स्थल तथा स्रोत सम्पदाहरुको संरक्षण, विकास र प्रवद्र्धनमा स्वयम् स्थानीयहरु सक्रिय हुन थालेका छन् ।

झापा गौरादह नगरपालिका वार्ड नं ७ को ग्वालडुब्बा क्षेत्रमा रहेका मठमन्दिरहरुको आजबाट अभियानको रुपमा सरसफाई सुरु गरिएको छ ।

ग्वालडुब्बा युवा समूहको आयोजनामा ग्वालडुब्बामा रहेका राधाकृष्ण मन्दिर, नानाक्चन बाबा मन्दिर र ग्वालडुब्बा महाराजथान मन्दिर परिसरमा सरसफाई गरेको हो ।
मन्दिर क्षेत्र सरसफाई गर्न स्थानीयबासी, संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी र ट्राफीक प्रहरीहरुको सहभागीता रहेको थियो ।

मन्दिर क्षेत्रमा क्रमशः फोहोर थुप्रिनु, नियमित सरसफाइ नगरिनु, रुखका पातहरु भmर्नुका साथै अन्य कारणबाट जम्मा भएको फोहर वस्तुहरुबाट वातावरण प्रदुशित हुनबाट रोक्न साथै शान्त र सफा धार्मिक स्थलहरुको विकास गर्न सरसफाई कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष भोला चक्रवर्तीले जानकारी गराए ।

धार्मिक क्षेत्र सरसफाई गर्न स्थानीयबासीहरु हतमा झाडु, बेल्चा, बाल्टी लगायतका सामग्री लिएर मन्दिर परिसरमा जम्मा भएका थिए । मन्दिर तथा परिसरको समेत नियमित सरसफाइमा समुदायका सबैको ध्यान जानुपर्ने राधाकृष्ण मन्दिरका अध्यक्ष गणेश प्रसाद अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया