Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

काठ्माडौं, ६ चैत २०८२ । नेपाली कांग्रेसले अर्को बैठकमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउने भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले आगामी केन्द्रीय समिति बैठकबाट १५ औं महाधिवेशनको कार्यतालिका ल्याउने बताएका छन् ।

महामन्त्री घिमिरेले सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन् । घिमिरेले अर्को केन्द्रीय समिति बैठकबाट महाधिवेशन कार्यतालिका ल्याइने जानकारी गराएका हुन् । उनले शुक्रबारबाट सुरु केन्द्रीय समिति बैठक सकिएपछि पुनः अर्को केन्द्रीय समिति बैठक बसेर १५ औं महाधिवेशनको कार्यतालिका ल्याउने बताए ।

साथै, घिमिरेले सभापति गगन थापालाई राजीनामा फिर्ता लिन आग्रह गरिने जानकारी पनि संचारकर्मीलाई दिए । निर्वाचनमा पराजयपछि सभापति थापाले पदबाट राजिनामा दिएका थिए । घिमिरेका अनुसार कांग्रेसको जारी बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिबारे छलफल हुनेछैन । नेपाली कांग्रेसले गत पुसमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरेको थियो ।

आजको बैठकमा पार्टी सभापति थापाको राजीनामाबारे छलफल र प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा गर्ने एजेन्डा छ । शुक्रबार चैत ६ दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

तपाईको प्रतिक्रिया