Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

काठमाडौं, १ चैत २०८२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका पार्टीका सांसदहरूको नामावली टुंगो लगाएको छ ।

आइतबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाउने चारजना समानुपातिकतर्फका सांसदहरू टुंगो लगाएको हो ।

निर्वाचन आयोगमा नामावली पठाएपछि मात्रै सार्वजनिक गर्ने गरी प्रतिनिधिसभामा समानुपातिकतर्फको सांसदहरू टुंगो लगाइएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

‘अहिले समानुपातिकतर्फको चारजनालाई प्रतिनिधिसभामा सिफारिस गर्ने निर्णय पनि गरेको छ । त्यो नाम अहिले आयोगमा पठाएपछि मात्रै सार्वजनिक गर्ने भन्ने निर्णय पनि भएको छ,’ उनले भने ।

बैठकले मधेस प्रदेशमा रिक्त रहेको प्रदेशसभा सदस्य नियुक्ति गर्न एकजनाको नाम सिफारिस गरेको छ ।

‘मधेस प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्यमा समानुपातिक सूचीमा प्राथमिकता क्रममा रहेको दोस्रो नामलाई प्रदेशसभा सदस्यामा नियुक्त गर्ने सिफारिस गरिएको छ,’ लिङ्देनले भने । न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया